Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

विष्णु माझीको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक


काठमाडौं। लामो अन्योललाई चिर्दै गुमनाम लोकदोहोरी गायिका विष्णु माझीले दर्शकमाझ गीत ल्याएकी छन् । ‘झोर्ले हजुर’ बोलको यो गीत चाहिँ सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरको कम्पनीबाट ल्याइएको हो ।

यसअघि उनका गीत उक्त कम्पनीबाट मात्र आउने गर्थे । दर्शकलाई सरप्राइज दिँदै माझीले नयाँ गीत ल्याएकी हुन् ।

गीतमा माझीसँगै बाबुकृष्ण परियारको गायन छ । शब्द रमेश बिजीको हो भने बाबुकृष्णकै संगीत छ । संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन् ।

बाबुकृष्णको पछिल्लो हिट गीतमा ‘कश्मिरे पछ्यौरी’ हो जुन युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश थियो । माझीले केही वर्षयता आफ्नाभन्दा बाहिरी कम्पनीका गीत गाउन छाडेकी थिइन् ।

उनले हरेक वर्ष दशैं र तीजमा मात्र गीत ल्याउँथिन् त्यो पनि आफ्नै होमप्रोडक्सनबाट । दर्शक पनि दशैं र तीजमा उनका गीत आउने प्रतीक्षामा हुन्थे । यसपटक भने तीज आउनु अगावै माझीले गीत ल्याएकी छिन् । यो गीतको भिडियोमा बाबुकृष्णसहित सुजैन सिंह खड्काको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

 




क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


ताजा अपडेट