Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

नेपालको पर्यटन र प्रविधि विकासमा अमेरिकी सहकार्य निरन्तर रहने


काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी। रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन तथा प्रविधि विकासमा संयुक्त राज्य अमेरिकाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’लाई सम्बोधन गर्दै उनले नेपाल र अमेरिकाबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध तथा पर्वतारोहण क्षेत्रले दुई देशलाई ऐतिहासिक रूपमा जोडेको बताइन्। नेपाल साहसिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले अमेरिकी लगानी, प्रविधि र नवप्रवर्तनले यस क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

रोजर्सले सगरमाथा आरोहणमा अमेरिकीहरूको लामो सहभागिता स्मरण गर्दै पर्यटन, सुरक्षा प्रविधि, सञ्चार प्रणाली तथा ड्रोन प्रविधिमा अमेरिकाले नेतृत्व गरिरहेको बताइन्। उनले दिगो पर्यटन र आर्थिक विकासका लागि नेपालसँगको साझेदारी आगामी दिनमा अझ विस्तार हुने धारणा राखिन्।

अमेरिका नेपालको भरपर्दो साझेदार रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र आर्थिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरिन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट