रवि भ्रमणको औचित्य
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रश्न उठेका छन् । भ्रमणको उद्देश्य, विषय तथा प्रक्रियाबारे सार्वजनिक चासो देखिएको छ ।
राजनीतिक विश्लेषक महेश्वर दाहालले लामिछानेले भारत जानुअघि संसदलाई औपचारिक जानकारी दिनुपर्ने थियाे भन्दै उनीविरुद्ध अदालतमा विभिन्न मुद्दा विचाराधीन रहेकाले भ्रमणका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने थियाे भनेका छन् । नेपालका एक शीर्षस्थ नेताको हैसियत लामिछानेले दिल्लीमा पाएका छन् ।
लामिछानेको भ्रमण क्रमका भेटघाट, छलफलका विषय तथा औपचारिक एजेन्डाबारे स्पष्ट जानकारी त छैन । तर राजनीतिक दलका शीर्ष नेताको विदेश भ्रमणले द्विपक्षीय सम्बन्ध, राजनीतिक समझदारी तथा कूटनीतिक पहलमा प्रभाव पार्न सक्छ । पार्छ नै ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो भारत भ्रमण औपचारिकतामा सीमित नहुने र उपलब्धिमूलक हुनुपर्ने बताएको प्रचार गरिंदै गर्दा लामिछानेलाई भारतले, अझ सत्तारुढ भारतीय जनता पार्टीले उत्साहपूर्ण स्वागत गरेको छ । भारत भ्रमणबाट फर्किएपछि लामिछानेले जनतामा र संसदमा भ्रमणका उपलब्धि र समझदारीबारे जानकारी दिनुपर्ने आवाज समेत उठेको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया