दैलेखमा भेटियो खसेकोभन्दा बढी मत, रास्वपा कार्यालयमा तालाबन्दी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम अधिवेशन विवादित बनेको छ । सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भइसकेको घोषणापछि अहिले आएर १२ मतको खोजी भइरहेको हो ।
रास्वपा दैलेखको सभापति पदका लागि चार जना आकाङ्क्षी थिए । सर्वसम्मत रूपमा कुरा नमिलेपछि आइतबार साँझ चुनाव भएको थियो । सभापतिका एक आकाङ्क्षी प्रकाश बुढाका अनुसार मतदानमा कुल खसेको मत संख्या २४० भनिएको थियो ।
तर सभापतिको उम्मेदवारको प्राप्त मत २४६ देखिन्छ । सभापतिमा निर्वाचित बखतबहादुर भण्डारीले ९३ मत पाएका थिए । यस्तै, अर्का उम्मेदवार प्रकाश बुढा ६९, विनी बहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल: ४१ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिले जानकारी दिएको कुल मत संख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबिच तालमेल नमिलेको देखिन्छ, जसले निर्वाचन समितिको पारदर्शितामाथि प्रश्न उठेको छ ।
खसेको मतमा पनि ६ मत बदर भएको भनियो । ४० बाट ६ घटाएपछि २३४ हुन्छ । तर सभापति पदका उम्मेदवारले पाएको कुल मत २४६ भयो । चुनावमा खसेको मतभन्दा १२ मत बढी देखिएपछि रास्वपाको कार्यालयमा तालाबन्दी गरिएको हो।
जिल्ला अधिवेशनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति तोकेको थियो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया