Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

समयमै सुरु हुन नसकेपछि प्रतिनिधिसभा बैठक २ बजे सारियो


काठमाडौं । निर्धारित समयमा सुरु हुन नसकेपछि प्रतिनिधिसभाको आजको बैठक सारिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि दिउँसो २ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक समय परिवर्तन गरिएको सम्बन्धमा सूचना जारी गरेका छन्।

सूचनाअनुसार विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसकेको र प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ बमोजिम सभामुखले आजै दिउँसो २ बजेका लागि बैठक तोकेको उल्लेख गरिएको छ।

नियमावलीमा कार्यबोझलाई ध्यानमा राख्दै सभामुखले निर्धारण गरेको दिन र समयमा बैठक बस्न सक्ने व्यवस्था छ। साथै, निर्धारित समयमा बैठक सुरु हुन नसके स्वतः स्थगन हुने कानुनी प्रावधानसमेत रहेको जनाइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट