अधिकांश बैंकको वैशाखका लागि ब्याजदर स्थिर, कुनको कति ?
काठमाडौं । बैंकहरुले वैशाख महिनाका लागि लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्। बैंकले आज सूचना प्रकाशित गरी वैशाखका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्।
अधिकांश वाणिज्य बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन्। हालसम्म प्राप्त तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
वैशाख महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०८ प्रतिशत घटेर औसत ४.४१ प्रतिशतमा ब्याजदर झरेको छ । जबकि चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत थियो ।
यस्तै, वैशाखमा मुद्दती निक्षेपको संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.२३ प्रतिशतमा झरेको छ । यसअघि चैतमा संस्थागततर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो ।
वैशाख महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ । बैंकले वैशाखमा व्यक्तिगततर्फ ०.०४ प्रतिशत बढाएर ४.१५ प्रतिशत र संस्थागततर्फ ०.०३ प्रतिशत बढाएर २.७८ प्रतिशत बिन्दु ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगतको ४.११ प्रतिशत र संस्थागतको २.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् ।
नेपाल बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर स्थिर राखेका छन् ।
कुन बैंककाे अधिकतम ब्याजदर कति?

क्याटेगोरी : अर्थ










प्रतिक्रिया