१२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १२ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया