Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोलामा ७५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट