निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ४१ करोड
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक १२.२६ अंक घटेर २७११.७६ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५१ हजार ७०२ पटकको कारोबारमा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन १०।२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को २७ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन पनि दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया