बागमतीले घटायो बजेटको आकार, यी हुन् मुख्य कार्यक्रम
हेटौंडा। बागमती प्रदेश सरकारले बजेटको आकार घटाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र०८३ को तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएको हो ।
प्रदेश सरकारले आगामी वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार बसेको प्रदेशसभामा चालु आर्थिक वर्षको तुलनामा ५४ करोड ४० लाख रुपैयाँ बजेट घटाएर आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । मन्त्री तामाङका अनुसारका सरकारले एकै पटक ११ प्रतिशत प्रशासनिक खर्च घटाउने लक्ष्य राखेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती गरिने गरी कार्यक्रम ल्याएको उनले बताए । बागमतीमा कायम रहेका १४ वटा मन्त्रालयलाई ८ वटा कायम गरेर बजेट विनियोजन गरेको उनको भनाइ छ । कर्मचारीको दरबन्दी सङ्ख्या पनि ७०० बढी घटाउने योजना सहित बजेट विनियोजन गरिएको उनले बताए ।
प्रदेश सरकारले चालु खर्चभन्दा विकास निर्माण र पूर्वाधार विस्तारमा केन्द्रित हुँदै पुँजीगत खर्चलाई उच्च प्राथमिकता दिएको जनाएको छ । प्रदेशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको मन्त्री तामाङले बताए ।
मन्त्री तामाङका अनुसार आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न कुल ६६ अर्ब ९४ करोड ३३ लाख ३३ हजार रुपैयाँ विनियोजित बजेटमध्ये पुँजीगत खर्चको हिस्सा उल्लेखनीय रूपमा बढी राखिएको छ । कुल बजेटमध्ये ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ ९६५।६९ प्रतिशत० रहेको छ भने चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ ९३४।३१ प्रतिशत० विनियोजन गरिएको छ ।
प्रदेश सरकारले सडक, सिँचाइ, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विकास खर्च बढाउने नीति लिएको देखिन्छ । प्रदेश सरकारले चालु खर्च नियन्त्रण गर्दै विकासमुखी बजेट निर्माण गर्ने प्रयास गरेको उनले दाबी गरेको छ।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा प्रदेश सरकारले आन्तरिक राजस्व र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणलाई मुख्य आधार बनाएको छ ।
बजेट वक्तव्यअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ सङ्कलन हुने अनुमान गरेको छ । यो कुल बजेट स्रोतको सबैभन्दा ठुलो हिस्सा हो ।
त्यस्तै अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सेवा शुल्क, दस्तुर, प्राकृतिक स्रोत तथा अन्य गैरकर राजस्व यसअन्तर्गत पर्नेछन् ।
सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमार्फत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
क्याटेगोरी : अर्थ, राजनीति













प्रतिक्रिया