अर्घाखाँचीमा झोलुंगे पुलबाट खसेर युवतीको मृत्यु
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउरालीको झोलुंगे पुलबाट खसेर युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, मृतक कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी २३ वर्षीया सरिता भण्डारी हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए ।
घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण र घटनाको वास्तविक अवस्था सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया