Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

लुम्बिनीमा अर्थमन्त्री कार्कीद्वारा आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत


बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार असार १ गते बसेको प्रदेशसभा बैठकमा मन्त्री कार्कीले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानसहित बजेट वक्तव्य प्रस्तुत गरेका हुन् । बजेटसँगै विनियोजन विधेयक र आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश गौरवका आयोजनाहरूलाई निरन्तरता दिँदै बहुवर्षीय तथा क्रमागत योजनाको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माणका कामलाई गति दिने, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने तथा नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा जोड दिइएको जनाईएको छ ।

प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्ष २०८२र०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम रहेको छ।

प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।

 

 


क्याटेगोरी : अर्थ, राजनीति

प्रतिक्रिया


ताजा अपडेट