Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी


काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले १८.५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चैतसम्म बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब २५ करोड १३ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४७.५० प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब १० करोड २९ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। यो आँकडाले बैंकको व्यापार पनि बढेको देखिन्छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २२.९२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.३३ रुपैयाँ थियो। पीई रेसियो १५.२७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९.५५ रुपैयाँ रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट