Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सालपा विकास बैंकको ५८ हजारभन्दा बढी शेयरको लक–इन अवधि असार २४ पछि समाप्त हुने


काठमाडौं । सालपा बिकास बैक(SABBL)ले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लक–इन (Lock In) अवधि समाप्त हुन लागेको जनाएको छ।

बैंकले प्रकाशित गरेको सूचनाअनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको ५८ हजार ११४ कित्ता शेयरको लक–इन अवधि २०८३ असार २४ गतेपछि समाप्त हुनेछ। उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका रहेका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले छ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था रहेकाले सो अवधि पूरा हुन लागेको बैंकले जनाएको छ।

लक–इन अवधि समाप्त भएसँगै सम्बन्धित लगानी कोषले उक्त शेयर कारोबार गर्न सक्नेछन्। यसबारे जानकारी दिन तथा लगानीकर्ता एवं सरोकारवालालाई सूचित गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको हो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट