Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको कुल ४.५११३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा बोनस शेयर ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२५६ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट