यस्ता छन् विवरण
- सम्बन्धित व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा,
- सम्बन्धित व्यक्तिको पारिवारिक विवरण,
- नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा। यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था,
- कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा । यदि भएको भए सोको विवरण,
- अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनुपर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा,
- स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा,
- स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण,
- नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा,
- विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरणलगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभवसम्बन्धी विवरण,
- वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण।
यो निर्देशन जारी हुँदाका बखत बहालमा रहेका सञ्चालक, सीईओ तथा उच्च व्यवस्थापन तहको पदाधिकारीको हकमा माथिका विवरण लिई नेपाल राष्ट बैंकसमक्ष पेस गर्नुपर्नेछ । विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिई केन्द्रीय बैंकसमक्ष पेस गर्नुपर्नेछ ।













प्रतिक्रिया