१० हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १० हजार ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला २ लाख ९७ हजार २ रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ३ सय ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया