दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावर रहेको हो ।
नेप्सेमा याम्बालिङ हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको २८ लाख कित्ता ९४० प्रतिशत० र संस्थापकको ४२ लाख कित्ता ९६० प्रतिशत० रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले याम्बालिङ हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ।
टक्सार पिखुवा खोला हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ। पहिलो कारोबारका लागि नेप्सेले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ।
कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले दुई कम्पनी शेयर सोमबारदेखि कारोबार आउने भएको हो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया