Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त


काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएको करिब दुई महिनापछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बै‌ंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन ।

सरकारले गठन गरेको छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा पूर्व बैंकर भुवन दाहाल र अर्थ सचिव घनश्याम उपाध्याय रहेका थिए तर स‌ंयोजक भट्टकै नाताले दाजु पर्ने गोपाल भट्टलगायत ४३ जनाले आवेदन दिएपछि गुणाकरले छनोट समितको स‌ंयोजकबाट राजीनामा दिएका थिए। गुणाकरले राजीनामा दिएपछि योजना आयोगका अर्का सदस्य डा सञ्जय आचार्यको संयोजकत्वमा समिति पुनर्गठन गरिएको थियो । समितिले भट्टसँगै सेबोनका पूर्व कार्यकारी निर्देशक डा नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीको नाम सिफारिस गरेको थियो । त्यसमध्ये मन्त्रीपरिषदको आजको बैठकले गोपाल भट्टलाई सेबोन अध्यक्षको जिम्मेवारी दिएको हो । चार जनाको नाम सिफारिस भएर पनि लामो समय अध्यक्ष नियुक्त नहुँदा सरकारमाथि तीव्र दबाब परेको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट