Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, कारोबार रकम ५ अर्ब २७ करोड


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक अन्तिम समयमा सकारात्मक भएर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि नै घटिरहेको नेप्से, यस दिन कारोबार अवधिभर नकारात्मक रहेपनि अन्तिम समयमा भने सामान्य अंक सकारात्मक भएर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १.५४ अंक बढेर २७८८.७० विन्दुमा पुगेको छ।नेप्से जस्तै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५१ स्टकको ७५ हजार २२९ पटकको कारोबारमा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ३८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट