बढ्यो सुनको मुल्य, कतिमा हुँदै आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ४ सय ९ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया