१४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोल ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया