Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

११ महिनामा ४३ अर्ब रुपैयाँभन्दा बढीका साढे २० लाख स्मार्टफोन आयात


काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए ।

तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको हो । जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन् ।

स्मार्टफोन आयातको प्रमुख स्रोत मुलुक चीन बनेको छ । चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपाल भित्रिएका छन् । नेपालको दोस्रो ठूलो आयात स्रोत भारत हो। विशेष गरी नेपालमा अत्यधिक रुचाइएको सामसङका मध्यम र बजेट रेन्जका सेटहरू भारतमा निर्मित वा एसेम्बल भएर नेपाल आउँछन्।

चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट