Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नेप्से घट्ने क्रम जारी, कारोबार रकम ४ अर्ब ४१ करोड


काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ७२ हजार ९१७ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।१० प्रशित घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ६२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लागेको छ। यस दिन यी दुबै कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट