Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

ई-बिलिङ प्रणाली अनिवार्य रुपमा लागू गर्न बीमकहरुलाई निर्देशन


काठमाडौँ । अब बीमा कम्पनीले ई-बिलिङ प्रणाली अनिवार्य रुपमा लागू गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले सबै इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुका नाममा एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो प्रणाली लागू गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

अब सबै प्रकारका बीमाशुल्क, शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई-बिल/इनभ्वाइस जराी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट