Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

३ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट