Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सेयर बजार घट्ने क्रम जारी, नेप्से २५ अंक घट्दा ४ अर्ब ९५ करोडको कारोबार


काठमाडौं । बुधबार नेप्से परिसूचक निरन्तर रुपमा घट्ने क्रम जारी छ। पछिल्लो समय शेयर बजार निरन्तर ओरालो गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा झरेको छ।नेप्सेसँगै कारोबार रकममासमेत गिरावट भएको छ । बुधबारको बजारमा कारोबारमा आएका २६९ कम्पनीको एक करोड २१ लाख चार हजार १७८ कित्ता शेयर चार अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

१३ उपसमूहमध्येमा ३ उप समूहको सूचक सकारात्मक भएको छ भने १० यप समूहको सूचक नकारात्मक भएको हो । बुधबारको बजारमा ब्यापार उपसमूहको परिसूचक १.०९ प्रतिशतले बढेको छ । विकास बैंक र म्यूचुअल फण्डको उप समूहको सूच सामान्य अंकले बढेर बन्द भएको हो। त्यसैगरी, आजको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक घटेको छ। र्निजीवन बीमा, होटल र जविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै पाल्पा सिमेन्टस्को २० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यस दिन करोबारमा आएका स्टकहरु मध्येमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक बढेको देखिन्छ । यस बैंकको शेयर मूल्य १३.८१ प्रतिशतले बढेर कारोबार भएको हो । नेपाल लाईफ समृद्धि लगानी योजनाको इकाई मूल्य ३.८७ प्रतिशतले बढेर खरिदबिक्री भएको छ । १० प्रतिशत केविएल डिवेञ्चर २०९० को मूल्य सर्वाधिक ११.४६ प्रतिशतले घटेको छ भने शिखर पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले घटेको हो।

 

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट