बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।
हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो।
यस सम्बन्धमा हस्पिटलले गत वैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया