३१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज ३१ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मुल्य २ लाख ९६ हजार ७ सय रुपैयाँ कारोबार भएको सुनको मुल्य आज ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा १ सय ६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया