बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ। बुधबार चाँदी तोलामा ५ हजार २ सय २० रुपैयाँ कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया