Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट