Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

१२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १२ सयले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार २ सय रुपैयाँ बढेर ३ लाख १ हजार कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको पनि तोलामा ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट