८ हजार २ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ८ हजार २ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ३३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया