आईएमएफले नेपाललाई साढे ६ अर्बभन्दा धरै सहायता उपलब्ध गराउने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विस्तारित कर्जा सुविधा कार्यक्रमअन्तर्गत नेपाललाई ४ करोड २९ लाख डलर अर्थात् साढे ६ अर्ब रुपैयाँभन्दा धरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको आईएमएफले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी संरचना सुदृढ बनाउने, कानूनी सुधार गर्ने तथा सार्वजनिक संस्थानहरूको जवाफदेहिता बढाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ ।
योसहित विस्तारित कर्जा सुविधा कार्यक्रमअन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता ३८ करोड ४१ लाख अमेरिकी डलर पुगेको छ ।
आईएमएफले चालू आर्थिक वर्ष २०२५र२६ मा नेपालको आर्थिक वृद्धि ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । राजनीतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया