Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

फिफा विश्वकप २०२६ का लागि नेपाल टेलिकमको विशेष ‘टिभी प्याकेज’ र आकर्षक बोनस अफर


काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष टिभी प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले आईपीटीभी प्रयोगकर्तालाई लक्षित गर्दै ‘FIFA World Cup 2026 TV Package’ सञ्चालनमा ल्याएको हो।

यस प्याकेजअन्तर्गत एनटीटिभीका ग्राहकहरूले ९९९ रुपैयाँ तिरेर विश्वकपका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। खेल हेर्नका लागि ग्राहकले टिभीमार्फत ‘हिमालय स्पोर्ट्स’ च्यानल चयन गर्नुपर्नेछ।

च्यानल चयन गरेपछि स्क्रिनमा देखिने इन्ट्री पेजमा नेपाल टेलिकमको मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि प्राप्त ओटिपी कोड पुनः प्रविष्ट गरेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई सेवा सक्रिय हुनेछ।

कम्पनीले ग्राहकहरूलाई सजिलो बनाउन देशभरका ग्राहक सेवा केन्द्रमार्फत पनि प्याकेज सक्रिय गराउन सकिने व्यवस्था गरेको जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट