२ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया