Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नेप्से घट्ने क्रम जारी, कारोबार रकम ४ अर्ब ४ करोड


काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ६.३१ अंक घटेर २७०५.४५ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५५ स्टकको ४८ हजार ११६ पटकको कारोबारमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर ०।५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट