सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष
काठमाडौं । डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।
यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो। लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा छन्।
यस नियुक्तिसँगै नेप्सेको नीति निर्माण, बजार सञ्चालन तथा नियामक समन्वयमा सरकारी भूमिकाको उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया