Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

इजरायलद्वारा सम्झौताविपरित लेबनानमाथि आक्रमण, १६ जनाको मृत्यु


काठमाडौं । इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा पर्ने शहरहरूमा हवाई आक्रमण गरेको छ । लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी क्षेत्रका शहरहरूमा इजरायलले हमला गरेको दाबी गरेको हो ।

समाचार एजेन्सीको दाबी अनुसार आक्रमणमा परी कम्तिमा पनि १६ लेबनानी नागरिकको मृत्यु भएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सीको हवाला दिँदै बीबीसीले शुक्रबार बिहानैदेखि नबातीह सहर र आसपासका क्षेत्रमा इजरायलले लगातार हमला गरिरहेको समाचार प्रकाशित गरेको छ ।

तर, अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहितका सबै मोर्चाहरूमा सैन्य कारबाही बन्द हुने उल्लेख थियो ।

पछिल्लो समय अमेरिका र इजरायलबीच दक्षिणी लेबनानमा रहेका हिज्बुल्लाहका आश्रयस्थलमा हमला रोक्ने विषयमा मतभेद बढेको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट