Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

यी हुन् विश्वका १० शक्तिशाली देशहरू


काठमाडौं । हरेक वर्ष विश्वका सबैभन्दा शक्तिशाली देशहरूको सूची जारी गरिन्छ। यसले ६० भन्दा बढी प्यारामिटरहरुमा देशहरुको शक्तिको मूल्याङ्कन गर्दछ। त्यसपछि एउटा सूची जारी गरिन्छ।

सैन्य क्षमता, रक्षा बजेट, हवाई तथा नौसैनिक शक्ति, जनशक्ति, रसद व्यवस्थापन र सामरिक क्षमतालगायत विभिन्न सूचकका आधारमा तयार गरिएको सूचीमा अमेरिका पुनः पहिलो स्थानमा परेको छ।

वार्षिक रूपमा प्रकाशित हुने यस मूल्याङ्कनमा रुस दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन्। एशियाली राष्ट्रमध्ये भारत चौथो स्थानमा रहँदा दक्षिण कोरिया पाँचौं स्थानमा परेको छ।

युरोपेली राष्ट्रहरू फ्रान्स, बेलायत र इटाली पनि शीर्ष १० भित्र अटाएका छन्। जापान सातौं, बेलायत आठौं, टर्की नवौं तथा इटाली दशौं स्थानमा रहेका छन्।

आधुनिक युद्ध प्रणाली, अत्याधुनिक हतियार, रक्षा अनुसन्धान तथा सैन्य तयारीका कारण अमेरिका अझै पनि विश्वकै सबैभन्दा शक्तिशाली सैन्य राष्ट्रको रूपमा कायम रहेको छ। चीन र भारतले पछिल्ला वर्षहरूमा रक्षा क्षेत्रमा ठूलो लगानी बढाएका कारण उनीहरूको प्रभाव पनि निरन्तर विस्तार भइरहेको बताइएको छ।

सन् २०२६ का शीर्ष १० शक्तिशाली देशहरू:

१. अमेरिका
२. रुस
३.चीन
४.भारत
५.दक्षिण कोरिया
६.फ्रान्स
७.जापान
८.बेलायत
९.टर्की
१०.इटाली

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट