Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

साउदी अरबमा अरामकोको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु


साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार दुर्घटनामा हेलिकप्टरमा सवार सबै यात्रु साउदी नागरिक थिए। घटनामा अन्य कोही जीवित नरहेको जनाइएको छ।दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र सम्बन्धित निकायले विस्तृत अनुसन्धान सुरु गरेको एसपीएले जनाएको छ।

रास तनुरा साउदी अरबको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक हो। क्षेत्रीय तनाव र इरानसँगको द्वन्द्वका कारण अरामकोले त्यहाँ करिब चार महिनादेखि सञ्चालनका केही गतिविधि स्थगित गरेको थियो।गत शुक्रबार मात्रै रास तनुरा टर्मिनलबाट कच्चा तेल लोडिङ कार्य पुनः सुरु गरिएको थियो। त्यसको केही दिनमै भएको हेलिकप्टर दुर्घटनाले थप चासो बढाएको छ।

अरामको विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक तथा निर्यातकर्ता कम्पनीमध्ये एक मानिन्छ। दुर्घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट