Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

एमाले पुनर्गठनबारे युवाको डिजिटल मत सर्वेक्षण सुरु


काठमाडौं । नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनका विषयमा सदस्य र शुभेच्छुकको धारणा संकलन गर्न डिजिटल मत सर्वेक्षण अभियान सुरु गरेका छन्।

पार्टीले गठन गरेको पुनर्गठन कार्यदलले सीमित तहका नेताबाट मात्रै सुझाव संकलन गरेको भन्दै युवाहरूले स्वतन्त्र रूपमा डिजिटल सर्वेक्षण थालेका हुन्।

एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा जनसंगठनका पदाधिकारीसँग मात्रै सुझाव लिएको थियो। त्यसलाई पर्याप्त नमान्दै सुरु गरिएको डिजिटल सर्वेक्षणमा पुनर्गठनसँग सम्बन्धित १८ वटा प्रश्न समावेश गरिएको छ।

प्रश्नावलीमा पार्टी नेतृत्वको संरचना, कुन तहका नेतालाई नेतृत्वमा अघि सार्ने, समयअघि महाधिवेशन गर्ने वा नगर्ने लगायत संगठनात्मक सुधारसँग सम्बन्धित विषयमा सहभागीको धारणा मागिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट