Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

जनकपुरबाट दुई जना पेस्तोलसहित पक्राउ, बालेन शाहमाथि आक्रमणको योजना बनाएको दाबी


जनकपुर । जनकपुरस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएको छ।

सार्वजनिक भएको जानकारीअनुसार पक्राउ परेका व्यक्तिहरूले उक्त हतियार भारतको मुम्बईबाट ल्याइएको र अवसर पाएमा प्रधान मन्तृ बालेन्द्र (बालेन) शाह माथि आक्रमण गर्ने उद्देश्य रहेको बयान दिएको दाबी गरिएको छ।

यद्यपि, यस विषयमा नेपाल प्रहरीले हालसम्म कुनै आधिकारिक विवरण वा पुष्टि सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट