Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

दिल्लीको शाहदरा क्षेत्रमा भीषण आगलागी, ९ जनाको मृत्यु


काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदरा जिल्लाको विवेक विहार क्षेत्रमा शनिबार राति चार तले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

आगलागीका क्रममा जलेर तथा धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको हो । आगलागीबाट १५ जनालाई सकुशल उद्धार गरिएको छ ।

घटनास्थलमा पुगेका दमकलका १५ वटा गाडीले करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। विभिन्न तलामा भेटिए शव प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दोस्रो तलामा पाँच जना, तेस्रो तलामा एक जना तथा चौथो तलाको छत नजिक तीन जनाको शव फेला परेको छ।

चौथो तलामा रहेका केही व्यक्ति ज्यान जोगाउन छततर्फ भागे पनि छतको ढोका बन्द रहेको कारण बाहिर निस्कन नसकेपछि धुवाँमा निसास्सिएर बेहोस भएका थिए। आगलागीको सूचना बिहानै प्राप्त भएको र तत्काल उद्धार तथा आगो नियन्त्रण कार्य सुरु गरिएको छ ।

घटनास्थलबाट हालसम्म ९ वटा शव बरामद भइसकेका छन् भने खोज तथा उद्धार कार्य अझै जारी छ। बिहानै प्राप्त भयो सूचना विवेक विहार प्रहरी कार्यालयमा बिहान करिब ३स्४८ बजे आगलागी भएको बारे पीसीआर कल आएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी प्रमुख, एसीपी सहितको टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि दमकल, क्राइम टिम तथा अन्य आपतकालीन निकायहरू परिचालित भएका थिए ।

आगो तेस्रो र चौथो तलामा रहेका फ्ल्याटहरूमा फैलिएको थियो। उद्धारका क्रममा १० देखि १५ जनालाई भवनबाट बाहिर निकालिएको थियो, जसमा दुई जनालाई सामान्य चोट लागेको र उनीहरूको उपचार गुरु तेग बहादुर अस्पतालमा भइरहेको छ ।

प्रारम्भिक अनुमानस् शर्ट सर्किट प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण विद्युत् सर्ट सर्किट हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा डीडीएमए टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ । आगलागीपछि क्षेत्रभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट