Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति


काठमाडौं । पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानका ५१ हजार घर तथा भवनमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीका अनुसार तेहरानको संकट व्यवस्थापनमा काम गर्नै एक संगठनले युद्धका क्रममा क्षति पुगेका घर तथा भवनको संख्या ५१ हजार नाघेको हो ।

ती भवनमध्ये ६९१ वटामा मर्मतको आवश्यकता छ भने एक हजार ७९१ वटा संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । समाचार अनुसार न्यायिक विशेषज्ञले क्षतिको विवरण संकलन गरिरहेका छन् ।

यस्तै युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट