इतिहास रच्दै निलम पौडेल: सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सजेन्डर नेपाली महिला
काठमाडौं । नेपालकी निलम पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेकी छन्। उनी सगरमाथा आरोहण गर्ने नेपालकी पहिलो ट्रान्सजेन्डर महिला बनेकी हुन्।
उनको यो उपलब्धिलाई नेपालका लागि मात्रै नभई विश्वभरका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि प्रेरणादायी कदमका रूपमा हेरिएको छ। सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित पुगेकी निलमले आफ्नो सफलता साहस, संघर्ष र आत्मविश्वासको प्रतीक भएको बताएकी छन्।
वर्षौंदेखि सामाजिक चुनौती र विभेदको सामना गर्दै आएकी निलमको यो उपलब्धिले “असम्भव केही छैन” भन्ने सन्देश दिएको छ। सामाजिक सञ्जालमा समेत उनको साहसिक यात्राको व्यापक प्रशंसा भइरहेको छ।
नेपालले विश्वसामु फेरि एकपटक नयाँ इतिहास लेखेको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले निलम पौडेललाई बधाई तथा शुभकामना दिएका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया