Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

केन्याको बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ जनाको मृत्यु, ७४ घाइते


काठमाडौं । केन्याको एक बोर्डिङ स्कुलमा भएको भीषण आगलागीमा परी १६ जना विद्यार्थीको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् ।

राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलस्थित उतुमिसी गर्ल्स स्कुलमा बिहीबार बिहान आगलागी भएको हो । घटनाका बेला अधिकांश विद्यार्थी छात्रावासमा सुतिरहेका थिए ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार आगलागीमा घाइते भएका ७४ जना विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले उद्धार तथा राहत कार्य जारी रहेको जनाएको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

केन्या रेडक्रसले आपतकालीन उद्धार टोली घटनास्थलमा परिचालन गरिएको र प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

 

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट