Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र छनोट हुनु राष्ट्रिय गौरवको विषय : कार्यवाहक प्रमुख डंगोल


काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिचर फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा छनोट हुनु देश र नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्र उद्योगको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
उनले उक्त फिल्मको ‘वल्र्ड प्रिमियर’ कार्यक्रममा आफू पनि सहभागी भएको जानकारी दिँदै नेपाली सिर्जनात्मक क्षेत्रका लागि यो गर्वको क्षण भएको बताइन्।
“इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो,” डंगोलले भनिन्, “यसले नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाएको छ।”
कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सिर्जनात्मक क्षेत्रलाई व्यवस्थित र प्रवर्द्धन गर्न आवश्यक कार्यविधि तथा नीतिगत व्यवस्था अघि बढाइसकेको पनि जानकारी दिइन्।
उनका अनुसार महानगरले क्रियटिभ सेक्टरलाई दीर्घकालीन रूपमा संस्थागत गर्न आवश्यक नीति, कानुन र कार्यविधि निर्माण गरिरहेको छ, जसले कलाकार तथा सिर्जनशील क्षेत्रलाई सहज वातावरण प्रदान गर्नेछ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट