Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

निर्मल पुर्जाद्वारा विश्व कीर्तिमान


काठमाडौं। नेपाली पर्वतारोही निर्मल पुर्जाले विश्व कीर्तिमान कायम गरेका छन्। उनले ८००० मिटरभन्दा माथिका हिमालहरू ५४ पटक सफलतापूर्वक आरोहण गर्दै गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका हुन्।

उक्त आरोहणमध्ये २५ पटक उनले अक्सिजन (supplementary oxygen) बिना नै शिखर चुमेका छन्। यस उपलब्धिले उनको असाधारण साहस, शारीरिक क्षमता र उच्च हिमाल आरोहणमा रहेको दक्षतालाई पुनः प्रमाणित गरेको छ।

यसअघि पनि पुर्जाले विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला शिखर अत्यन्त छोटो समयमा आरोहण गरी अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइसकेका थिए। पछिल्लो उपलब्धिसँगै उनले नेपाली पर्वतारोहणको गौरवलाई पुनः विश्व मञ्चमा उचाइमा पुर्‍याएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट