Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसक्यो : सहबाज सरिफ


पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसकेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आएको बताएका हुन्। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दाबी गरेका थिए ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि शान्ति सम्झौतानिकट रहेको बताएका छन् । तर पूर्व शर्तहरु पूरा हुन बाँकी रहेकोले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उनको चेतावनी छ ।

उनका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोक्का सम्पत्ति खोल्ने योजनामा सहमती हुन बाँकी छ । उनले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गरिने बताए ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट